गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न : सहकारी ठगी कहिलेसम्म सहने ?

Machchapuchchre Bank

Artharajniti  ~  राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताले सहकारी क्षेत्रमा गरेका ठगीले लाखौँ नेपालीको पसिनाको कमाइ जोखिममा पारेको आरोप लगाएका छन् ।  शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शाहीले बचतकर्ताको बिचल्ली र सुकुम्वासी बन्ने अवस्था आउँदासमेत दोषीहरूले उन्मुक्ति पाइरहेको बताउँदै शाहीले कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरे  । ‘गृहमन्त्रीज्यू, कांग्रेस र एमालेका सहकारी ठगहरूलाई कहिले कारागार हाल्नुहुन्छ ? तपाईंको नियतमाथि नै गम्भीर प्रश्न उठ्न थालेको छ।’ यस्तै शाहीले हालै पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित कारागारमा राखिएको तस्बिरले नेपालको न्याय प्रणालीको गम्भीर र संरचनागत समस्यालाई पुनः उजागर गरेको लेखेका छन् । यसले आम नागरिकमा न्यायिक प्रक्रियाप्रतिको विश्वासमाथि प्रश्न चिह्न खडा गरेको उनको भनाइ छ ।यो केवल रवि लामिछानेको व्यक्तिगत विषय मात्र नभई नेपालका धेरै कैदी बन्दीहरूले भोगिरहेको यथार्थ भएको भन्दै कारागारहरूमा क्षमताभन्दा बढी कैदी बन्दी राखिनु, आधारभूत मानवीय आवश्यकता र अधिकारको सुनिश्चितता नहुनु, तथा न्याय प्रक्रियामा ढिलासुस्ती हुनुजस्ता समस्याहरू वर्षौंदेखि विद्यमान रहेको बताएका छन्। यी समस्याहरूले कैदी बन्दीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पार्नुका साथै उनीहरूको मानवअधिकारको हनन शाहीको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्