” लोडसेडिङ नभए पनि ट्रिपिङको समस्या छ ” : मन्त्री खड्का

Machchapuchchre Bank

Artharajniti  ~   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशभर लोडसेडिङ नभए पनि बेला बेलामा बत्ती जाने समस्या (ट्रिपिङ) भने देखिएको बताएका छन् । उनले यसका कारणले जनताले पाउने हैरानी र दुःख हटाउन विद्युत् प्राधिकरणलाई निर्देशन दिँदै आएको स्पष्ट पारेका हुन् । आज कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको प्रसारण ग्रिड मध्यपश्चिम र सुदूरपश्चिम उपशाखा १३२/३३/११ के.भी. सब- स्टेसनको अवलोकन तथा निरीक्षणमा रहेका खड्काले भने, ‘लोडसेडिङ देशभर छैन । हामी ७०० देखि ८०० मेगावाट भारत र ४० मेगावाट विद्युत् बंगलादेशमा दैनिक बेचिरहेका छौँ ।’  ‘समयानुकूल र माग धान्न सक्ने गरी विद्युत् वितरण प्रणाली बनाउन निर्देशन दिँदै ऊर्जा मन्त्रालय सबै किसिमको सहयोग गर्न तयार र प्रतिबद्ध छ,’ र  ‘यो वा त्यो नाममा बत्ती जाने गरेको  र नागरिकले दुःख पाउने भएकोले २४ सै घण्टा विद्युत् आपूर्ति हुने गरी काम गर्न निर्देशन दिएको छु , उनले भने।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्