Artharajniti ~ प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदै छन्। प्रधानमन्त्री ओलीले यी दुई जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनका लागि त्यसतर्फ जान लागेका हुन् । उनले आज महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसैगरी उनले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
