Artharajniti ~ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका छन् । हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।बैठक स्रोतका अनुसार, ओलीले सम्बोधनको क्रममा भण्डारीलाई राजनीतिमा नफर्कन र सदस्यता नवीकरण नगर्न आग्रह गर्ने प्रस्ताव सारेका हुन् । पार्टीको नवौँ केन्द्रीय कमिटी बैठक समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति राजनीतिमा आउँदा व्यवस्था र उक्त पदकै गरिमाको ओझ नरहने भन्दै भण्डारीले सम्मानित भएर बस्नुपर्ने बताए । ‘पूर्व राष्ट्रपतिजी सक्रिय राजनीतिमा आउनुहुन्न । आउन मिल्दैन । हामी राष्ट्रपति पदलाई सम्मान गर्छौ’, बैठक समापन समारोहमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए । ओलीको उक्त प्रस्तावलाई उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए । लगत्तै, अर्का उपाध्यक्ष युवराज ज्ञवालीले प्रतिवाद छन् ।
“पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन हुँदैन “: अध्यक्ष ओली
