Artharajniti ~ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् । लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी बिहीबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा जाँदैछिन् । बिहान ११ः ३० मा कोइराला पार्टी कार्यालयमा हस्ताक्षर गर्न आउने रास्वपा निकट सञ्चारकर्मी प्रमोद न्यौपानेले जानकारी दिए । रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै केही समय अगाडिदेखि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै अभिनेत्री मनीषा
