प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Machchapuchchre Bank

Artharajniti  ~  संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा विभिन्न महत्वपूर्ण विधेयक र प्रतिवेदनहरू टेबुल तथा प्रस्तुत हुने कार्यसूची रहेको छ । बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी सन्देशहरू टेबुल गर्नेछन् । यसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ समावेश छन् ।त्यसैगरी, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिनेछ । यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्