परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटाली प्रस्थान
अर्थ राजनीतिप्रकाशित मिति :
Artharajniti ~ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् । सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उनले सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । उनले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी छन् । उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा. राणा इटालीको मिलान तथा जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनेछछिन् ।