Artharajniti ~ सुनचाँदीको भाउमा आज बुधबार पनि गिरावट आएको छ । मंगलबार तोलाको १ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको भाउ प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज सुनचाँदीको भाउ घट्यो
