” यो सरकार लोकतन्त्रका लागि हानिकारक छ, ढल्नुपर्छ” : डा. स्वर्णिम वाग्ले

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले वर्तमान सरकार लोकतन्त्रको लागि हानिकारक भएको टिप्पणी गरेका छन् । अहिलेको सरकार लोकतन्त्रको लागि पनि हानिकारक साबित भइसकेको उनले बताए । सत्ताका प्रमुख दल नेपाली कांग्रेस र एमालेले कब्जाको नीति लिएको वाग्लेले आरोप लगाए ।   कुराकानीमा वाग्लेले वर्तमान सरकार भत्काउनुपर्ने मान्यतामा रास्वपा रहेको उनले सुनाए । उनी भन्छन्, ‘यो भत्कियो भने जुन वैकल्पिक सरकार बन्छ । त्यसलाई बाहिरैबाट समर्थन गरिदिनुपर्ने बाध्यता पनि आउन सक्छ ।’ कदाचित सरकार परिवर्तन हुने अवस्था बन्यो भने रास्वपामा सरकारमा जाने सम्भावना एकदमै न्यून रहेको उनले सुनाए ।‘यद्यपि, पार्टीको प्याराडक्स के हो त ? यो सरकार अहिलेको गठबन्धन भत्काउनुपर्छ भन्ने छ । यो दुईटा विपरीत जस्तो अडानका बीच एउटा रचनात्मक उपाय निकाल्नुपर्छ,’ वाग्लेले भने । आम पार्टी पंक्तिको राय सरकारमा जान नहुने सुझाव दिएको उनले बताए । वर्तमान सरकार कायम रहँदासम्म रास्वपाले भविष्यमा के गर्ने भनेर अहिले छलफल नगरेको वाग्लेले बताए । उनी भन्छन्, ‘आधिकारिक निर्णय पार्टीमा छलफल भएपछि मात्रै आउँछ । तर फेरि पनि दोहोर्‍याउँछु आम पार्टी पंक्ति र आम शुभेच्छुकहरुमा अब यी तीन दलसँग २० फिट पर नै बस्नु भन्ने खालको सन्देश छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्