शिक्षक प्रतिनिधिद्दारा प्रचण्डसँग भेट

Machchapuchchre Bank

Artharajniti  ~  नेपाल कम्युुनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुले भेट गरेका छन् । दाहालसँगको भेटका क्रममा सरकारले शिक्षकसँग गरेको सहमतिको कार्यान्वयन गर्न माग गरेका छन् । शिक्षकहरूको गुनासो पश्चात अध्यक्ष प्रचण्डले शिक्षक पेसा एक सम्मानित र राष्ट्रको भविष्यसँग जोडिएको पेसा भएको बताउँदै सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका थिए । शिक्षकहरूलाई सम्मान गर्नुपर्छ किनकि यो एक सम्मानित पेसा हो, जुन देशको भविष्यसँग समेत गाँसिएको छ।अध्यक्ष प्रचण्डले शिक्षकका जायज मागहरू कुनै सर्तबिना तुरुन्त पूरा गर्नुपर्ने बताए । प्रारम्भिक बाल विकास कक्षालाई विद्यालय संरचनाभित्र समेट्नुपर्ने औँल्याउँदै हामी ती मागहरू पूरा गर्न आफ्नो तर्फबाट पूर्ण रूपमौ लाग्ने  प्रचण्डले  बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्