Artharajniti ~ प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । कार्यसूची अनुसार सभामुखले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।रा प्रपाका सांसदहरू त्यस अगाडि नै बाहिरिएका थिए । आफूहरु कुनै दल वा नेताको विरोधमा नरहेको भन्दै उनले मानव तस्करी, कुशासन र भ्रष्टाचार विरुद्ध अभियानमा रहेको बताउँदै आएका छन् । आफूहरुको माग सुनुवाइ नभएको मन्त्रीको जवाफ नसुन्ने उद्घोष गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बाहिरिए ।
मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै रास्वपा र राप्रपा सांसदहरू बाहिरिए
