प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन

Machchapuchchre Bank

Artharajniti  ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाउने तयारी गरेका छन् । कार्यपालिका सदस्य र नगर सभा सदस्यहरूले निरन्तर दबाब दिएपछि आगामी बजेटका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बाेलाउने तयारी गरेका हुन् । मेयर साहले समितिका सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ बिनानै असार ४ गते बैठक राख्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको छ । मेयर साहले सदस्य सचिव विना प्रशासनलाई जबरजस्ती प्रस्ताव तयार गर्न लगाएको स्रोतले जनाएको छ । स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी बाध्यता छ । १० गतेभित्रै बजेट पेस गरी असार मसान्तसम्म पारित गरिसक्नुपर्ने कानुनी प्रावधान छ । तर, मेयर साह संयोजक रहेको स्रोत अनुमान तथा बजेट समितिको बैठक अहिलेसम्म बस्न नसकेपछि बजेट नै अन्योलमा परेको थियो । कार्यपालिका र नगर सभा मात्रै होइन स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत छल्दै आएका मेयर साहले समितिका सदस्य सचिव गुरागाईँ विना नै बैठक राख्ने तयारी गरेपछि उक्त बैठक बस्न नसक्ने देखिएको स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्