२ अर्ब ५० करोड हिनामिना : कर्णाली डेभलपमेन्ट बैंकका थप एक जना पक्राउ

Machchapuchchre Bank

Artharajniti  ~  कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड भन्दा बढी हिनामिना गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका- १९ का ४१ वर्षीय देवप्रकाश सिंह ठकुरी पक्राउ परेका हुन्। उनलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले जेठ २१ गते नै पक्राउ गरेको हो। बैंकको रकम हिनामिनामा ठकुरीको संलग्नता देखिएकाले पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए। तत्कालीन प्रमुख कार्यकारी अधिकृत ६५ वर्षीय राजेन्द्रवीर राय यसअघि नै पक्राउ  परेका थिए। ‘यस घटनामा अहिलेसम्म दुई जना पक्राउ परेका छ,’ उनले भने, ‘अनुसन्धान हुँदैछ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्