‘जेन–जी’को पहिलो रोजाइका नेता बालेन शाह

Machchapuchchre Bank

Artharajniti  ~  नेपालमा १३ वर्षदेखि २८ वर्ष उमेर समूहका ‘जेन–जी’ पुस्ताको पहिलो रोजाइको नेतामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र (बालेन) शाह रहेको पाइएको छ । सात वटै प्रदेशको प्रतिनिधित्व हुने गरी  जेन–जी पुस्ताका एक हजार १९ जनासँग गरेको मत सर्वेक्षणमा बालेन पहिलो रोजाइको नेता देखिएका हुन् । बालेनको लोकप्रियता सात वटै प्रदेशमा देखिएको छ । सात वटै प्रदेशमा उनी अधिकांशको पहिलो रोजाइमा परेका छन् ।सर्वेक्षणमा हामीले जेन–जी पुस्तालाई ‘तपाईंलाई मन पर्ने तीन नेपाली नेताको नाम लेख्नुहोस्’ भनेर सबै विकल्प खुला गरेका थियौँ । त्यसमध्ये अधिकांशले तीन जनाकै नाम लेखे पनि केहीले भने एक वा दुई जनामात्रको नाम पनि लेखेका छन् । कतिपयले तीन वटै विकल्पमा एउटै नाम लेखेको समेत पाइएको छ । त्यस्ताको हकमा सम्बन्धित नेताको नाम एक पटकमात्र समेटेर बाँकी दुई विकल्पलाई ‘रिक्त’ राखी गणना गरिएको छ । सर्वेक्षणमा सहभागी अधिकांशले बालेन शाहको नाम सुरुमै उल्लेख गरेका छन् । बालेन मन पर्छ भन्ने ‘जेन–जी’ पुस्ता औसतमा देशभर ७४.१८ प्रतिशत रहेको सर्वेक्षणमा पाइएको छ । समग्रमा रवि लामिछाने मन पर्छ भन्ने ३५.७५ प्रतिशत, हर्क साम्पाङको पक्षमा ३१.६७ प्रतिशत, केपी शर्मा ओलीको पक्षमा १४.४४ प्रतिशत, शेरबहादुर देउवाको पक्षमा ५.९७ प्रतिशत, पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा ८.०१ प्रतिशत र धनगढी उपमहानगर प्रमुख गोपाल (गोपी) हमालको पक्षमा ७.७२ प्रतिशत मत जेन–जी पुस्ताबाट आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्