” संसद अब त खुल्नुपर्ने हो ” : कांग्रेस सभापति देउवा

Machchapuchchre Bank

Atharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटै संसद सुचारु हुने बताउनुभएको छ । जनकपुरधाममा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले यस्तो बताउनुभएको हो । भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहेका बेलामा सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन बनेको र राम्रोसँग अघि बढिरहेको बताउनुभयो । उहाँले बजेटबाट सबैलाई खुशी बनाउन नसकिने भन्दै आलोचना हुनु सामान्य रहेको बताउनुभयो । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने हो भन्ने प्रश्नमा किन राजीनामा दिनु भन्दै प्रतिप्रश्न गर्नुभयो । वर्तमान सरकार ०८४ सम्मै राम्रोसँग सञ्चालन हुने दाबी गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्