Artharajniti ~ राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछन् । आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । उनीहरुले सोमबार जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा उनीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । उनीहरुले राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् ।
राजावादीहरुले आज पनि प्रदर्शन गर्दै
