Artharajniti ~ सरकारले सेयर धितो कर्जाको जोखिम १०० प्रतिशतमा झारेको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । शेयर धितोको जोखिम भार घटाउनुपर्छ भन्नेमा शेयर लगानीकर्ताले माग गर्दै आएका थिए ।अघिल्लो नेतृत्वले यो विषय सुनुवाइ गरेको थिएन । केही दिनअघि मात्रै नयाँ गभर्नरको रूपमा नियुक्त भएका विश्वनाथ पौडेलले लगानीकर्तालाई सरप्राइज गिफ्ट दिएका हुन् । याे निर्णयले बैंङ्क तथा वित्तीय संस्थाले सेयर धिताेमा प्रवाह गरेकाे कर्जाकाे प्राेभिजन घटाउने छ । यसले त्यस्ताे कर्जाकाे लागत समेत घटाउने छ ।
सेयर कर्जाको जोखिम भार १०० प्रतिशतमा झारियो : गभर्नर पौडेलकाे ‘सरप्राइज गिफ्ट’
