सगरमाथा संवाद आजदेखि, विदेशीसहित ७ सय बढी सहभागी हुँदै

Machchapuchchre Bank

Artharajniti  ~  राजधानी काठमाडौंमा आजदेखि सगरमाथा संवाद सुरु हुँदैछ । जलवायु परिवर्तनका कारण संकटमा परेका पर्वतीय तथा तटीय मुलुकहरूको आवाजलाई विश्वसामु बुलन्द पार्न नेपालको आयोजनामा आजदेखि अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवाद सुरु हुन लागेको हो । जेठ ४ गतेसम्म सञ्चालन हुने सो संवादको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम छ ।‘जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्य’ भन्ने मूल नारासहितको यो उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद शुरू हुनेछ । सो संवाद कार्यक्रममा विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवाला गरी ७ सयभन्दा बढीको सहभागिता रहनेछ ।सो कार्यक्रमका लागि विश्वका विभिन्न देशबाट राष्ट्रप्रमुख, मन्त्री, विज्ञ र सरोकारवालासहित दुई सय ५० बढी प्रतिनिधिको सहभागिता रहने र बाँकी नेपालकै उच्चस्तरका अधिकारी, विज्ञ तथा विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व रहने छ ।सो कार्यक्रममा विज्ञहरूमार्फत १२ वटा प्यानल छलफल, चारवटा साइड इभेन्ट र थिमेटिक राउन्ड टेबलका माध्यमबाट जलवायु परिवर्तनको बहुआयमिक असरमाथि गहन बहस हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्