Artharajniti ~ इजरायलले गाजामा पुनःआक्रमण शुरु गरेको छ । इजारयाली डिफेन्स फोर्सले गाजामा पुनःआक्रमण शुरु गरिएको जानकारी दिएको हो । आइडीएफ र आइएसएले हाल गाजा पट्टीमा हमास आतंकवादी संगठनसँग सम्बन्धित आतंकवादी लक्ष्यहरूमा व्यापक आक्रमणहरू गरिरहेका छन् । यसअघि पहिलो चरणको युद्धविरामपछि दोस्रो चरणको युद्धविरामको प्रयास भएपनि वार्ता सफल हुन सकेको थिएन । हमासले पुरानै शर्त अनुसार दोस्रो चरणको युद्धविराम हुनुपर्ने बताएको थियो तर इजरायलले भने अमेरिकाले अगाडी सारेका शर्तहरु अनुसार सहमति गर्न हमासलाई दबाब दिएको थियो । अमेरिकाले हमासको नियन्त्रणमा रहेका सबै बन्धक र मारिएका बन्धकको शव एकैपटक फिर्ता गर्न प्रस्ताव गरेको थियो ।
इजरायलले गाजामा फेरी शुरु गर्यो आक्रमण
