यो वर्षको एसइई परीक्षा : ‘पाँच लाख १४ हजार ७१ जना सहभागी हुने’

Machchapuchchre Bank

Artharajniti  ~ माध्यमिक शिक्षा परीक्षा(एसइई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र पुर्‍याउने लगायत सबै काम सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै परीक्षा तयारी पूरा भइसकेको जानकारी दिए। ‘एसइई परीक्षाका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सकाएका छौँ, सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र,सिम्बोल नम्बर र उत्तरपुस्तिका पुगिसकेको छ’, उनले भने। उनले यो वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले सहभागी हुने जानकारी दिए। ‘पहिला पाँच लाख ८ हजार भनिएको थियो तर पछि हामीले सबै तथ्यांक हेर्दा संशोधन भएर आयो’, उनले भने, ‘अब कुल पाँच लाख १४ हजार ७१ जनाले एसइई परीक्षा दिँदै छन्। यी सबै परीक्षार्थीहरूलाई परीक्षाको शुभकामना छ।’ बोर्डका अनुसार गत वर्ष (२०८०) सालको एसइईमा परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए। परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक पौडेलका अनुसार यो वर्षको एसइई परीक्षाको लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था हकमा केन्द्रमा जिल्लास्थित सुरक्षानिकायले मिलाउनेछ। गत वर्ष उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यो वर्ष पनि त्यहाँ परीक्षा केन्द्र तोकिएको छ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्