चार विषयमा छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

Machchapuchchre Bank

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सचिवालय बैठक बोलाएको छ। आइतबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च:मतिमा बस्ने सचिवालय बैठकमा चारवटा छलफलको कार्यसूची रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकमा अघिल्लो बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिबारे छलफल हुनेछ। त्यस्तै पार्टीको आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदनबारे पनि छलफल हुने झाले बताए। यसैबीच रास्वपाले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने तयारी गरेको छ।त्यससम्बन्धी प्रस्ताव पनि आजको बैठकमा छलफल हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्