Artharajniti ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकलाई रिहा गर्न हमास समूहलाई अन्तिम चेतावनी दिएका छन्। सामाजिक सञ्जाल सोसल ट्रुथमार्फत् ट्रम्पले बन्धकहरुको रिहाईका लागि आफूले अन्तिम चेतावनी दिएको भन्दै यदि उक्त कुराको बेवास्ता गरे हमासको कुनै पनि सदस्य सुरक्षित नहुने बताएका हुन्। ट्रमपले लेखेका छन्-‘सबै बन्धकलाई तत्काल छोड, जसको हत्या गरेका छौ उनीहरुको शव पनि फिर्ता गर, नत्र सिद्धिने छौ।’ ट्रम्पले हमास समूह मात्रै नभई गाजाबासी प्यालेस्टाइनीहरुलाई पनि चेतावनी दिए। सुन्दर भविष्यले गाजाबासीको प्रतीक्षा गरिरहेको भन्दै ट्रम्पले त्यसअघि बन्धकहरुलाई त्यहीँ राखिरहने हो भने सबै सिद्धिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ।
बन्धकलाई रिहा गर्न हमास समूहलाई राष्ट्रपति ट्रम्पको चेतावनी
