अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायतामा रोक

Machchapuchchre Bank

Artharajniti  ~  अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायता रोकेको घोषणा गरेको छ । अमेरिकी संचारमाध्यम ब्लुमबर्गका अनुसार अमेरिकाले रुसविरुद्ध युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गरेको घोषणा गरेको ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका हुन् । तीन वर्षअघि आक्रमण शुरु भऐदेखि नै अमेरिकाको सैन्य सहायता युक्रेनको सबैभन्दा ठूलो स्रोत रहिआएको छ । जसमा हतियार, उपकरण र आर्थिक सहयोग समावेश रहेको छ । ब्लुमबर्गको रिपोर्टमा युक्रेन पुगिनसकेका अमेरिकी सैन्य सहायताका सामग्रीहरू रोकिने उल्लेख गरिएको छ । पोल्यान्ड पुगेका युक्रेनकालागि भनेर पठाइएका सहायता सामग्रीहरू पनि अब रोकिने भएको छ । अमेरिकाले युक्रेनलाई गदै आएको सैन्य सहायता हाल रोक्दै केही शर्तहरू पनि अघि सारेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् ।जबसम्म युक्रेनका नेताहरूले शान्तिका लागि सद्भावनापूर्ण प्रतिवद्धता प्रदर्शन गर्दैनन् तबसम्म अमेरकाले युक्रेनलाई प्रदान गर्दै आएको सबै सैन्य सहायता रोकिने बताइएको छ । यद्यपि, ब्लुमबर्गको यो रिपोर्टबारे अमेरिकी रक्षा विभागले कुनै प्रतिक्रिया दिइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा कुनै प्रतिक्रिया नजनाएको बीबीसीले उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्