“जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी छ ” : अध्यक्ष प्रचण्ड

Machchapuchchre Bank

Artharajniti  ~  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत शनिबार सिरहामा आयोजित जनसभालाई सम्बोधन गर्दै दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले कथित संविधान संशोधनको नाममा यो खेल अझै जारी रहेको बताए । उनले भने, ‘अहिले सरकारमा रहेका दलहरू नै कथाकथित संविधान संशोधनको कुरा गरेर जनताको अधिकार सङ्कुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्ने, कुत्सित चालमा लागेका छन् । संविधान उल्ट्याउनेहरू अझै सक्रिय छन् ।’उनले ठुलो बलिदानबाट प्राप्त संविधान रक्षाको लागि आफ्नो पार्टीले अन्तिम समयसम्म लडिरहने जिकिर गरे । उनले मधेसी जनताको पक्षमा र आत्म सम्मानको लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको बताए ।  हुलाकी राजमार्गअन्तर्गत कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीको तर्फबाट साथ सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्