पशुपतिमा महाशिवरात्रिको तयारी

Machchapuchchre Bank

Artharajniti   ~ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी धुमधामका साथ भईरहेको छ । महाशिवरात्रिको लागि भनेर सादुसन्तहरु पनि आइसकेका छन् भने भक्तजनहरुको लागि आवश्यक सेवा सुविधाको व्यवस्थापन पनि हुदैँछ। बुधवार परेको यस वर्षको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा तथा  साधुसन्तको उपस्थिति र चहलपहल बढेको छ।  छिमेकी देश भारत, बंगलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । भारतमा जारी महाकुम्भ मेलाको कारण यस वर्ष तुलनात्मक रूपमा साधुसन्तको उपस्थिति कम हुने आकलन गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।  पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको प्रचारप्रसार तथा सजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए ।  

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्