बालेनले ओलीलाई भने : ” नेपाली भएर बाँच्ने आधार त दिनुस् “

Machchapuchchre Bank
Artharajniti   ~  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गरेका छन् । आज फागुन ९ गते शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गरेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘प्यारो प्रधानमन्त्री ज्यु, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिखारी भनिसक्यो, चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्