कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द

Machchapuchchre Bank

Artharajniri  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भारतीय स्रोतका अनुसार पूर्व प्रधानमन्त्री देउवासँग भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि यो कार्यक्रम अन्तिममा आएर देउवाले स्थगित गरेका हुन् । हिजो रातिसम्म इन्डिया फाउन्डेसनले नेपालका पूर्व प्रधानमन्त्री कुम्भ ग्लोबल समिट कार्यक्रममा आउँदै छन् भने प्रचारप्रसार गरेका थियो । ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ को वक्ताका रूपमा सहभागी हुन देउवा त्यसतर्फ जाने तयारीमा थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्