युक्रेन युद्ध अन्त्यबारे अमेरिकी र रूसी अधिकारीबीच साउदी अरबमा वार्ता

Machchapuchchre Bank

Artharajniti  ~  युक्रेनमा झन्डै तीन वर्षदेखिको युद्ध अन्त्यका लागि अमेरिका र रूसी अधिकारीबीच साउदी अरबमा छलफल हुने भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तीन देशका राष्ट्रप्रमुखहरूबीच भेटको वातावरण मिलाउन अमेरिकी र रूसी अधिकारीहरूले साउदी अरबमा वार्ता हुने भएको हो।  अमेरिकाबाट विदेशमन्त्री मार्को रूबिओ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि ह्वाइट हाउसका दूत स्टिभ विटकफ साउदी अरब जानेछन्। प्रारम्भिक छलफलका लागि रूसबाट कुन कुन अधिकारी साउदी अरब पुग्नेछन् भन्ने यकिन नभएको पनि ह्वाइट हाउसका अधिकारी माइकल मिककोलले रोयटर्सलाई बताएका छन्।ती अधिकारीहरूले साउदी अरबमा ट्रम्प, पुटिन र जेलेन्स्कीको भेटवार्ता र छलफलको वातावरण तय गर्ने भनिएको छ।यसअघि  माघ २२ गते अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी समकक्षी पुटिनसँग लामो टेलिफोन वार्ता गरेका थिए। वार्ताका क्रममा उनीहरूबीच युक्रेनमा जारी युद्ध अन्त्यका लागि छलफल भएको भनेर ट्रम्पले सार्वजनिक गरेका थिए। त्यतिबेला उनले मध्यस्तका लागि अमेरिकाले  विदेशमन्त्री मार्को रुबिओ, सिआइएका निर्देशक जोन र्‍याटक्लिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ज र राजदूत स्टिभ विटकफसहितको टोली बनाएको बताएका थिए। ट्रम्पले युद्ध रोक्नका लागि पुटिन पनि सकारात्मक भएको टेलिफोन वार्ताबारे जेलेन्स्कीलाई पनि जानकारी गराउने  भनेका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने युक्रेनलाई साउदी नबोलाइएको बताएका छन्। रूसविरूद्ध लड्न युक्रेनलाई अमेरिकाले हतियार र पैसा दिँदै आएको छ। त्यसका बाबजुद पनि खासै परिणाम नदेखिएपछि युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्नुपर्छ भन्ने पक्षमा रहनेहरूमध्ये ट्रम्प पनि एक हुन्।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्