Artharajniti ~ गाजामा युद्धविराम गर्ने र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबिच सम्झौता भएको छ । यस सम्झौताको बारेमा दुवै पक्षबाट प्रतिक्रिया आएको छ । युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ नगर्ने हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भनेका छन् । सबै पीडितहरूको तर्फबाट बगेका रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुका लागि यसलाई आफूले नभुल्ने पनि उनले बताए । इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको उनको भनाइ थियो । यसैबिच प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनको वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिने प्रयासलाई समर्थन गर्ने इजरायली राष्ट्रपति इसहाक हर्जोगले बताएका छन् । उनले मन्त्रिपरिषद् र सरकारलाई समेत यसलाई मञ्जुरी दिन आह्वान गरेका थिए । इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति