Artharajniti ~ कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले नेकपा एमाले परित्याग गरेका छन् । उनीहरुले नगर अध्यक्षलाई सम्बोधन गरी सामूहिक राजनीमाको पत्र दिएका छन् ।पत्रमा तत्कालीन नेकपा भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किंदा आफूहरु एमालेमै रहेको तर पूर्वमाओवादी भएकाले अपमानित भएकाले राजीनामा दिएको उल्लेख छ । ‘एमाले भएर बस्दा पनि हामीले पटक–पटक अपमानित हुनुपर्ने राजनीतिको रूपमा पूर्व माओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व के विरुद्ध तलै सम्म गुटबन्दी गर्ने परम्परा भित्र अब बस्न सकिन्न भन्ने निष्कर्षमा हामी पुगेकै हो’, राजीनामामा भनिएको छ । ‘तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेपछि यस क्षेत्रका नेता कार्यकर्ता उत्साही बनेको तर त्यो एकता मुख्य नेताहरू को आपसी लडाईको कारणले टिक्न नसकेको उनीहरूको आरोप छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति