लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु

Machchapuchchre

Artharajniti  ~  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ ।  बिहीबार पोखराबाट काठमाडौँ ल्याएका लामिछानेको शुक्रवार बिहानबाट बयान सुरु भएको हो । सरकारी वकिलको कार्यालयमा सभापति लामिछानेको बयान जारी रहँदा लामिछाने पत्नी निकिता पौडेल पनि सरकारी वकिलको कार्यालय परिसरमा पुगेकी छन् । कात्तिक २ गते पक्राउपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार बेलुका बयानका लागि काठमाडौँ ल्याइएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्