उपनिर्वाचनको तयारीमा कांग्रेस : बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै

Machchapuchchre

Artharajniti   ~  मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो । समिति सदस्य तथा  स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु हुनेछ । ‘हामी निरन्तर उपनिर्वाचन व्यवस्थापनमा जुटेका छौँ‚’ उनले भने‚ ‘आज बागमती र लुम्बिनीका साथीहरूसँग छलफल गर्दैछौँ ।’

Nabil bank

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्