” अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ ” : मन्त्री यादव

Machchapuchchre

ARTHARAJNITI  ~ खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन् । सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौँ नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको उनले बताएका हुन् । मंगलबार अपराह्न सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्यमुख्य कार्यहरू सार्वजनिक गर्नेक्रममा मन्त्री यादवले पानी वर्षातमा पनि वितरण हुनेगरी नयाँ हेडवक्स निर्माण कार्य सुरु गरिएको बताए । उनले आफूले गत वर्ष माघमा मात्रै ल्याउन सफल भएको मेलम्चीको पानी यस वर्ष दसैँ अगावै ल्याउने काममा सफलता हात पारेको दाबी समेत गरे । मन्त्री यादवले मन्त्रालयले सुन्दरीजलमा दैनिक २२ करोड ५० लाख लिटरको नयाँ पानी प्रशोधन केन्द्रको निर्माणको काम पनि अघि बढाएको बताए । मन्त्री यादवले स्रोत, साधन र जनशक्तिको अभावमा खानेपानी व्यवस्थापनको काम चुस्त हुन नसकेको तथ्य स्मरण गराउँदै आम नागरिकलाई स्वच्छ पानी खुवाउने काममा सरकार प्रतिबद्ध भएर लागि परेको बताए । उनले विपद्ले अवरुद्ध खानेपानी सुचारु गराउने काममा पनि आफू लागि परेको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्