“गल्ती गर्ने कसैलाई पनि सरकारले नछाड्ने ” : गृहमन्त्री लेखक

Machchapuchchre

Artharajniti   ~  गृहमन्त्री रमेश लेखकले आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्ने भन्दै अघि बढ्ने कसैलाई पनि सरकारले नछाड्ने चेतावनी दिएका छन्। आइतवार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले यस्तो चेतावनी दिँदै गल्ती गर्नेहरुलाई सम्झाइबुझाई काम गर्न पनि निर्देशन दिए। उनले नेपाल प्रहरीलाई संयमित भएर काम गर्न निर्देशन दिएका छन्। प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर सर्वसाधारणलाई सेवा दिनुपर्ने गृहमन्त्री लेखकको भनाई थियो। उनले अपराध गरेकाहरुलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न चेतावनी दिए। ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रम अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए। ‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्छ‚ मैले यो आग्रह गरेँ‚’ उनले भने, ‘अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न। अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानूनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान‚ छानबिन हुन्छ।  गृहमन्त्री लेखकले सरकारले सुशासनका कामलाई प्रभावकारी बनाउन प्रविधिमा जोड दिएको पनि बताए।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्