चीन भ्रमणमा रहेका स्वर्णिम वाग्ले : ” सभापतिमाथि षड्यन्त्र हुन लागेकाले फर्किन लाग्यौं “

Machchapuchchre

Artharajniti  ~  चीन भ्रमणमा रहेका रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने लक्षण देखिएकाले आकस्मिक रूपमा फर्किन लागेको बताएका छन्। ‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखियो, त्यसैले तत्काल फर्किन लागेका छौं,’ भ्रमण टोलीको नेतृत्व गरेका उपसभापति वाग्लेलाई उद्धृत गर्दै रास्वपा सचिवालयले भनेको छ। टोली सोमबारै काठमाडौं आइपुग्ने सचिवालयले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वाग्लेसहित १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरात चीनतर्फ उडेको थियो। पार्टी सभापति रवि लामिछानेसमेत मुछिएको सहकारी ठगी प्रकरणमा गोरखा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेपछि रास्वपाले चीन भ्रमणमा रहेको टोलीलाई फिर्ता बोलाएको हो। चिनियाँ तर्फबाट औपचारिक रूपले आएको पहिलो निम्तोमा रास्वपाका ७ जना सांसद र ७ जना नेता गएका हुन्। यस क्रममा उनीहरूले तीन प्रान्तको अवलोकन र द्विपक्षीय अन्तर्क्रिया गर्ने कार्यक्रम थियो। भ्रमण टोलीमा उपसभापति वाग्लेसहित सांसद शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, सांसद गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, नेताहरू बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ छन्। गोरखा मिडिया नेटवर्कको तत्कालीन सञ्चालक समिति सदस्य रहेका लामिछाने र जोशीलाई कारबाही गर्न संसदीय छानबिन समितिले सिफारिस गरेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्