” नेपाली समाजमा नैतिकता हराउँदै गयो ” : सभापति देउवा

Machchapuchchre

Artharajniti   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली समाजमा नैतिकता हराउँदै गएको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित गौरा पर्व विशेष कार्यक्रमलाई सम्बोधनका क्रममा नेताहरू गौरा पर्व मनाउन पुग्दा केही युवाहरूले नेताहरूको विरोधमा नाराजुलुस गरेका थिए । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए । उनले विरोध गर्नेहरू पछाडि कसको हात छ र कुन तत्त्व त्यसको पहिचान गरी कारबाही गर्नुपर्ने बताए ।  समाजमा नैतिकता हराउँदै गएको बताए । उनले भने, ‘यो गौरा पर्व जो छ, यो अत्यन्तै सुदूरपश्चिम, कर्णालीका जिल्लाहरूमा मनाइन्छ । यो अत्यन्तै महत्त्वपूर्ण चाडपर्व हो । सुदूरपश्चिमको संस्कृति, कर्णालीको संस्कृतिलाई चिनाउन पनि गौरा पर्वले धेरै महत्त्व खेलेको छ ।’ सोही विषयमा बोल्दै सभापति देउवाले  गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्