जलमग्न काठमाडौं उपत्यका

Machchapuchchre

Artharajniti  ~  सोमबार अपराह्नदेखिको वर्षाले काठमाडौं जलमग्न भएको छ । सडकहरु खोला जस्ता देखिएका छ्न् । बस्तीहरु डुबानमा छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ । बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । युनएनपार्क क्षेत्र र सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ । ललितपुर महानगरपालिका वडा नम्बर १ को आधारभूत स्वास्थ्य केन्द्रमा बाढी पसेको छ । कुपोण्डोलस्थित ललितपुर महानगरपालिकाको वडा कार्यालय पनि डुबानमा परेको छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका स्वयम्भु, सानो भर्‍याङ, ठूलो भर्‍याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वर लगायतका मुख्य सडक र सहायक सडकहरु डुबानमा परेका छन् । कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा छन् । जताततै भेलबाढीले गर्दा पैदलयात्रु र दुईपांग्रे सवारी चालकहरु बढी प्रभावित भएका छन् । वाग्मती नदीको गौरीघाट, मनोहरा र खोकना जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममै रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्