Artharajniti ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपटक देशव्यापी अभियानमा निस्कने बताएका छन् । मंगलबार पदाधिकारी बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले जनताको कुरा सन्न देशब्यापी अभियानमा निस्कने बताएका हुन् । ‘जनतासित सम्बन्ध कडी टुटेको थियो । म एकपल्ट देशैभरी जनतासँग एकाकार हुनाका लागि, जनताको सुखदुख बुझ्नका लागि उनीहरुको कुरा सुन्नका लागि जाने इच्छा छ’ बैठकमा प्रचण्डले भनेका छन् । देशब्यापी अभियानबाट फर्कदा विचारको नयाँ संलेषण समेत ल्याउने बताएका छन् । ‘जनताको कुरा सुनेपछि अर्को तहको विचारको संलेसन आउँछ’ प्रचण्डले बताए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति