” नियम अनुसार बक्यौता उठाइन्छ, प्राधिकरणसँग मतभेद छैन ” : प्रधानमन्त्री

Machchapuchchre

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युतको बक्यौता उठाइने बताएका छन् । उनले नेपाल विद्युत् प्राधिकरणसँग डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवादका सन्दर्भमा कुनै मतभेद नरहेको पनि दाबी गरेका छन् । ओलीले मंगलबार साँझदेखि नै उद्योगहरूमा काटिएको विद्युत् लाइन जोडिएको पनि बताए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको विद्युत् लाइन जडान गर्ने भनिएको निर्णय साँझदेखि कार्यान्वयनमा आएको हो ।‘हामीलाई उद्योगहरूबाट बक्यौता  उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ उत्पादन पनि बढाउनु छ’, ओलीले मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बीचमा बाहिर आएजस्तो कुनै मतभेद छैन।’ प्राधिकरणले तीन महिनाभित्र उद्योगीहरूको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी सञ्चालक समितिको बैठकको निर्णय र विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरूको विद्युत् लाइन जोडेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्