रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

Machchapuchchre

Artharajniti   ~  परिवर्तिन राजनीतिक घटनाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । कांग्रेस–एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा पनि दबाबमा परेको छ । यद्यपि माओवादी केन्द्र र रास्वपा दुवैले तत्काल राजीनामा नदिने रणनीति लिएका छन् । मंगलबार बसेको रास्वपा पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व नदिने भन्दै उनीहरुको गठबन्धनमा सहभागी नहुने र तत्काल सरकार पनि नछोड्ने निर्णय गरेको थियो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित चार जना मन्त्रीहरु छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्