ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम

Machchapuchchre

Artharajniti  ~  ग्लोबल आईएमई बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । २३३ शाखा कार्यालयमार्फत सञ्चालित वित्तीय साक्षरता कार्यक्रममा ३५ हजारभन्दा बढीको सहभागिता भएको बैंकले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्ग पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ । सातवटै प्रदेशमा सञ्चालित कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीको सहभागिता रहेको बैंकको भनाइ छ । बैंकका अनुसार कोशी प्रदेशमा ३ हजार ५ सय, मधेशमा २ हजार २ सय, बागमतीमा १५ हजार, गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २ हजार ५ सयभन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्