ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव, नयाँ समीकरणका लागि गृहकार्य तीव्र

Machchapuchchre

Artharajniti  ~  दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठक निष्कर्षउन्मुख रहेको स्रोतले दाबी गर्‍यो । दुई दलबीच ‘पावर सेयरिङ’ लाई लिएर घनिभूत कुराकानीहरू भइरहेका छन् । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा छन् । कांग्रेस र एमाले मिल्न लागेपछि आत्तिएको बालुवाटारले हिजो कांग्रेसलाई अर्को काउन्टर प्रस्ताव गरेको थियो । बुझिएअनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरण बालुवाटारबाट गए पनि कांग्रेस यसमा सकारात्मक भएन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्