गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्धय मल्ल र सुवेदीको इजलासमा

Machchapuchchre

Artharajniti   ~  गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा परेको छ । गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट न्यायाधीशद्धय मल्ल र सुवेदीको इजलासमा पेशी तोकिएको हो। यसअघि असार ४ गते रिट हेर्न नमिल्नेमा राखिएको थियो। सो दिन सुनुवाइका लागि रिटको पेशी न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिएको थियो। गृहमन्त्री लामिछाने पदमा रहेर सरकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको माग गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका हुन्। सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता भट्टराईले रिट निवेदन दर्ता गराएका थिए । उक्त पत्रविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर पछि इजलासले दर्ता गर्न आदेश गरेसँगै नयाँ रिट दर्ता भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्