” नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाऔं ” : सांसद शर्मा

Machchapuchchre

Artharajniti   ~   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नेपालीहरूकै लगानीमा बूढीगण्डकी जलविद्युत आयोजना बनाउन सकिने बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा ऊर्जा मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै उनले नेपाल बन्दैछ भन्ने सन्देश दिन पनि नेपालीहरूकै लगानीमा बूढीगण्डकी आयोजना निर्माण गर्न सकिने बताए। ‘बूढीगण्डकी परियोजना स्वदेश र विदेशमा भएका नेपालीहरूकै लगानीमा बन्न सक्छ। नेपाल बन्ने र उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि पनि सरकार सफल हुनुपर्छ,’ उनले भने, ‘१२ सय मेगावाट क्षमताको बनाउने कुरा छ। विदेशबाट ऋण  लिने कि नेपालीकै लगानीमा बनाउने? सहुलियत ऋण भेटिए त ठिकै हो, तर कतिपय देशहरू ऋणको पासोमा परिरहेको पनि हामीले देखेका छौं। ऋणले बनाएका पोखरा र भैरहवाको विमानस्थलले हामीलाई झस्काएका छन्। त्यसो भए हामी आफै आयोजना बनाउने विकल्प पनि छ। पहिले सरकारले यो निर्णय पनि गरेको थियो।’ उनले १८ खर्बको बजेट भएको देशले एकैपटक चार खर्ब बजेट सो आयोजनामा लगानी गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न पनि गरेका  थिए। तर आयोजनाका काम अघि बढाउनका लागि सबैको सहयोग हुनुपर्ने उनको भनाइ थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्