गृहमन्त्रीको निजी सचिवालय : ” कास्की प्रहरीमा परेको ठाडो निवेदन हो “

Machchapuchchre

Artharajniti   ~  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ । सोमबार  प्रकाशित ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–’आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले प्रक्रियामा पनि लगेको छैन, त्यसैलाई किर्ते गरी जाहेरी भन्दै समाचारकै विषय बनाइएको प्रति गम्भीर आपत्ति छ ।’ निजी सचिवालयले खण्डन गरे पनि रवि स्वयमले  समाचारबारे केही प्रतिक्रिया जनाएका छैनन् । कास्की प्रहरीका प्रमुख (एसपी) मोहन कुमार थापाले आफू बैठकमा रहेको भनी यस विषयमा कुरा गर्न चाहेनन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्