भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान, एक नेपालीको मृत्यु, को हुन उनी ?

Machchapuchchre

काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय सेनाका प्रवक्ता देवेन्द्र आनन्दलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले खबर लेखेको छ ।

समाचार अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए । घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् । थापा मगरकाे स्थायी ठेगाना गाेरखा भएकाे उनले बताएका छन् ।

सोही घटनामा सन्दीप रघुनाथको पनि मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । भारतीय सेनाका प्रवक्ताले भनेका छन्–राइफलम्यान मगर धेरै बहादुर, आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दर सैनिक थिए । ती बहादुर सिपाहीले वीरगति पाउँदा भारतीय सेना शोकमा छ । यस्तै उताअमेरिकाले इराकलगायत मध्यपूर्वमा थप सेना थप्ने तयारी थालेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सैनिक थप गर्ने तयारी थालेको अमेरिकन रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । इराकमा आइतबार अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले मङ्गलबार बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका थिए।

यसैलाई कारण देखाउँदै संयुक्त राज्य अमेरिकालाई थप सैनिकहरू पठाउन प्रेरित गरेको छ। रक्षा सचिव मार्क एस्पेरका अनुसार चाँडै नै ७५० अमेरिकी सिपाहीहरू यस क्षेत्रमा परिचालन हुनेछन् । त्यस्तै आकस्मिक रक्षा बल (आईआरएफ) बाट थप सेना पठाउने तयारी भइरहेको छ ।

हशद शाबी समूहका लडाकूको नेतृत्वमा धेरै प्रदर्शनकारीहरूले दूतावास बाहिर अमेरिकाको हवाई हमलाको निन्दा गर्दै मङ्गलबार नारा लगाएका थिए। त्यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो जब प्रदर्शनकारीहरूले गार्ड टावर र दूतावासको बाहिरी ढोका जलाएका थिए।

अघिल्लो साता अमेरिकी सेनाको शिविरमा हिर्काएपछि एक अमेरिकी ठेकेदारको मृत्युभएको थियो भने केही अन्य व्यक्ति घाइते भएका थिए। यसलाई संयुक्त राज्य अमेरिकाले लामो समयदेखि आफ्नो दुश्मन इरानले समर्थन गरेको मिलिशियाको सम्लग्नता रहेको भन्दै यसको उचित जवाफ दिने बताएको थियो।

इराकको शिया नेतृत्वमा अर्ध सैनिक कताइब हिज्बुल्लाहद्वारा गठित इराकी हशद शाबीको एक समूहले ड्रोनले सिरिया–इराक सिमा नजिकको अमेरिकी सैनिक शिविरहरूमा बम विष्फोट गर्दा आफ्ना २५ समर्थकको मृत्यु भएको र ५१ घाइते भएका बताएको थियो। राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्वीट गर्दै इरानले गोप्यरूपमा अमेरिकी राजदूतावासमा आक्रमण गरेको भन्दै यो घटनाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्