डा बाबुराम भट्टराई भन्छन् – नेपालमा इश्वी संवत् प्रचलनमा ल्याए मात्रै समृद्धि संभव हुन्छ

Machchapuchchre

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा पनि अंग्रेजी वर्ष (इश्वी संवत्)लाई औपचारिक रुपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिएका छन् । हाल नेपालको ‘प्रशासनिक संवत्’ रहेको बिक्रम संवत् र सांस्कृति संवत् नेपाल संवतलाई सांस्कृति क्यालेण्डरमा सीमित गर्नुपर्ने पनि डा. भट्टराईको मत छ ।

नेपालमा इश्वी संवत् प्रचलनमा नल्याउँदासम्म समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष लगायतका विषय गफमा मात्रै सीमित हुने पनि भट्टराईको भनाइ छ । सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै भट्टराईले भनेका छन्– यसो गरे कसो होला-नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सांस्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ!नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ.सम्धीका गफ मात्रै होलान् है !

उनको ट्वीटले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको छ । पक्ष र विपक्षमा मतहरु सिर्जना भएका छन् । उनको ट्वीटलाई रि-ट्वीट गर्दै धेरैजसो युवाहरुले आक्रोश व्यक्त गरेका छन् । भूतको भेनाजु नामक ट्वीटरले उनको ट्वीटलाई रिट्वीट गर्दै भनेका छन् – ‘ सर्वप्रथम् पूर्वीय सभ्यता र हिन्दू धर्मग्रन्थबाट प्रभावित सम्पूर्ण नेपाली नामहरू परिवर्तन गरेर अंग्रेजी बनाऔं। र त्यसको सुरुवात तपाईंबाटै होस्। तपाईंको लागि बाबुरामको सट्टा ‘पिटर’ राख्न सुझाइएको छ। त्यसपछि सुशासन, विकास र समृद्धि त बसिबसी आउँछ।’

तस्तै सन्तोष आचार्यले भनेका छन् – ‘लाज शरम लाग्दैन ? संवत भन्नेकुरा अरूको लागि चलाउने हो कि हाम्रो लागि चलाउने हो ? आफ्नो मौलिक कुरालाई बिस्वमा प्रचार गर्नुपर्छ भन्ने चै लाग्दैन ? कम्युनिस्ट हौ ! चाईनालाई हेरेर केहि त सिक ! उसले अंग्रेजी भाषालाई बाइकट गरेर पनि बिस्वलाई च्यालेन्ज दियो तिमि चै सधै गुलाम बनेर बस्नु !’

त्यस्तै सम्निले बाबुरामको यो भनाइप्रति सहमति जनाउदै लेखेकी छिन – ‘ मलाई ठिक लाग्यो। नेपालको आफ्नो सम्बत हुदाहुदै यदि विक्रम सम्बत भारतको हो भने भारतले नै मान्न छाडेको विक्रम सम्बत हामिले किन मान्ने???? चेतनास्तर बडाउने कि सबैले !भावनामा नभएर अलिकती विवेकशील भएर पनि सोच्ने गरौं । जय नेपाल !विक्रम सम्बत भारतको विस्तारवादी नीति हुन्पनी सक्ला।’

डाक्टर जी पोख्रेलले भनेका छन् – ‘जापानमा राजा बदल्दा सम्बत पनि बदल्छ।त्यसले जापानको विकासमा केहि असर पार्यो र? थांईल्यान्डमा वुद्दको जन्म देखि २५००+ वर्ष तिर चलेर के त्यसले थाईल्यान्ड पछाडि परेको छ र? यि साना तिना झिना मसिना कुरामा नअडकेर अगि बढ्नु पर्यो। नेपाललाई यो अहिलेको कालो कानुन रद्द गर्नुछ, २०२० भित्रमा।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्