अलपत्र परेका आयोजनामा दबाब यात्रा गर्दै रास्वपा

Machchapuchchre

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने भएको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले अलपत्र आयोजनाहरूबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारूप र मिति समेत प्रस्ताव गर्न एक कार्यदल गठन गरेको हो । कार्यदलमा श्रीराम न्यौपाने, शिशिर खनाल, विपिनकुमार आचार्य, कृष्ण भेटेवाल, प्रतिभा रावल र खुस्बु सरकार श्रेष्ठ रहेका छन् । रास्वपाले विभिन्न २७ आयोजना केन्द्रित दबाब यात्रा कार्यक्रम गर्न लागेको हो । रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन –८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई खबरदारी अभियान सुरु गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्