Artharajniti ~ राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिए । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति