Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका १० जनालाई जिताउने जिम्मेवारी नेताहरूको काँधमा आएको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारी छनोट प्रक्रियाबारे आफ्नो वक्तव्य जारी गर्दै कोइरालाले यस्तो बताएका हुन्। ‘राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरूले उम्मेदवारी दर्ता गराउनु भयो। पार्टी निर्णयबाट छानिएका सबै उम्मेदवार साथीहरूलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ’, शेखरले भनेका छन्, ‘सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ।’ शेखर गगन पक्षले राष्ट्रिय सभा उम्मेदवारमा ४ सिट दाबी गरेको थियो। यद्यपि पार्टी सभापति शेरबहादुर देउवाले ३ सिट मात्र दिएपछि शेखरले असन्तुष्टि जनाएका थिए। असन्तुष्टिका बाबजुद पनि सीमित सिटका कारण आफूहरूले खोजे जति सिट नपाएको शेखर पक्षको भनाई छ। सीमित सिटका कारण पार्टीका साथीहरूलाई न्याय गर्न चाहेर पनि सम्भव भएन। न्यायोचित टिकट वितरण गर्न असमर्थ आफूले गल्ती गरेको भए सच्चिँदै अघि बढ्ने प्रणसमेत कोइरालाले गरेका छन्। ‘न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निर्णयमा मैले गल्ती (कमजोरी गरेको रहेछु भने म त्यसलाई स्विकार्दै साथीहरूको सल्लाह र सुझावबाट भविष्यमा अगाडी बढ्ने प्रण गर्दछु’, उनले भनेका छन्, ‘मेरो अभियान पार्टीमा अवसरको न्यायोचित वितरण होस् भन्ने नै हो। यो अभियानमा साथीहरूबाट विगतमा झैं निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु।’
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति